Tuesday, July 27, 2021
घरBanner Newsकैलालीमा छोराले चिर्पटले हान्दा बाबुको मृत्यु

कैलालीमा छोराले चिर्पटले हान्दा बाबुको मृत्यु

कैलाली  :गोदावरी नगरपालिका-५ बर्बाटामा छोराले बुवाको हत्या गरेका छन् । आइतबार राति ३० वर्षीय राम सिँह कुमालले घरायसी विबाद हुँदा ६० वर्षीय बुवा अम्बरलाई चिर्पटले हानेका थिए ।छोराको आक्रमणबाट गम्भीर घाइते भएका अम्मरलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याइएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

बाबुको हत्या गरी फरार भएका कुमाललाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले पक्राउ गरेको छ । उनलाई सोही नगरपालिकाको वडानम्बर १ को हाटबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments