Thursday, June 17, 2021
घरBanner Newsट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते

ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते

चितवन : चितवनको इच्छाकामना गाउँपालिका अन्तर्गत पृथ्वीराजमार्गको लेवाटारमा ट्रकले बसलाई ठक्कर दिदा १५ जना घाइते भएका छन् ।शुक्रबार बिहान करिब पौने नौ बजे मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको ना८ख ६०५८ नम्बरको बसलाई बिपरीत दिशाबाट आउँदै गरेको ना६ख २८९५ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

बसका चालकसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको छ ।दुर्घटना भएका बस र ट्रक सडकमै रहेकोले सवारी एकतर्फी मात्रै चलेका छन् । त्यसलाई हटाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।ठक्कर दिने ट्रक चालक फरार भएको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments