Wednesday, September 22, 2021
घरBanner Newsपूर्वमन्त्री सिंहको निधन

पूर्वमन्त्री सिंहको निधन

लहान :पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको आज बिहान निधन भएको छ ।सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको छोरा सुमनप्रसाद सिंहले जानकारी दिए ।

१९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित ८७ वर्षीय सिंह ०१९ देखि ०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्य मन्त्रीको कार्यभार सम्हालेका थिए ।

मुलुकमा प्रजातन्त्र स्थापनापछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताएका थिए । उनका दुई छोरा र छोरी छन् । उनका जेठो छोरा डा. रमणप्रसाद सिंह चिकित्सक र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक छन् ।स्व सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments