Wednesday, September 22, 2021
घरBanner Newsरामेछापको साँघुटार बजारमा आगलागी

रामेछापको साँघुटार बजारमा आगलागी

रामेछाप : जिल्लाको रामेछाप नगरपालिका–३, साँघुटार बजारमा बिहीबार बिहान लागेको आगो ३ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीमा ४ घर जलेर नष्ट भएका छन् ।स्थानीय तेजबहादुर प्रधानले दिएको जानकारी अनुसार, लिखु खोला छेउको पक्की पुल नजिकै रहेको सिंहदेवी निर्माण सेवाको स्टोरबाट निस्किएको आगोले अंकित श्रेष्ठको पक्की घर जलेर नष्ट भएको छ । त्यसैगरी, राजन सुवेदी, अनिष थापा र हरिमाया थापाको घर पनि आगलागीमा परि जलेको छ ।

आगो स्थानीयको प्रयासमा बिहान ११ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ । गोदाममा ग्यास तथा पेट्रोल र डिजेलसमेत रहेकोले आगो केही बेरमै फैलिएको थियो ।साँघुटार बजार रामेछाप जिल्लाकै पुरानो बजार हो । रामेछापबाट ओखलढुंगा प्रवेश गर्ने मुख्य नाकाको रुपमा सो बजार रहेको छ । झुरुप्प घरहरु रहेको सो बजारमा यसअघि पनि आगलागी भएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments