Wednesday, September 22, 2021
घरBanner Newsगुल्मी पहिरोमा मृत्यु हुनेको संख्या १३ पुग्यो

गुल्मी पहिरोमा मृत्यु हुनेको संख्या १३ पुग्यो

गुल्मीमा पहिरोमा परेर मृत्यु हुनेको संख्या १३ पुगेको छ । गुल्मीको सत्यवती गाउँपालिकाका दुई स्थानमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको हो ।

मंगलबार ९ जनाको शव भेटिएकोमा बुधबार थप ३ जनाको शव फेला परेको थियो ।त्यस्तै वडा नंं ४ लिम्घामा डेढ वर्षीय बालक सञ्जु वि।कको शव बुधबार राति फेला परेसँगै मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानाकारी दिए ।

बुधबार वडा नम्बर ३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता भएका माया बिक र उनका छोरा बबी बिकको शव फेला परेको थियो ।लिम्घामा मंगलबार निर्मला बिक, पम्फा बिक, अञ्जली बिक, हिमांशु बिक, छली बिक र सिवानी बिक तथा ठूलोलुम्पेकमा तिलकुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गाबहादुर सिंजालीको शव फेला परेको थियो । लिम्घामा अझै सात बर्षीय तारा बिक बेपत्ता छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments