Tuesday, September 21, 2021
घरBanner Newsगुल्मीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु २ घाइते

गुल्मीमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु २ घाइते

गुल्मीमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। वर्षासँगै आएको भेल घरमा पसेपछि तिल बहादुर त्रामुकी ३० वर्षीय श्रीमति तिलकुमारी र १० वर्षका छोरा दर्शनको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए।

यस्तै उनकी १२ वर्षीया छोरी करिष्मा र १४ वर्षकी छोरी धनी घाइते भएका छन् । वर्षा निरन्तर भइरहेका कारण घाइतेलाई अस्पताल लैजान समस्या भइरहेको स्थानीयले बताएका छन् ।

यस्तै सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउँदा चार जनाको शव फेला परेको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए। शवको पहिचान हुन सकेको छैन। चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताए।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मिन घलेको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । उनले प्रहरीसँगै उपचारका लागि स्वास्थ्य टोली पनि घटनास्थल गएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments