Tuesday, July 27, 2021
घरBanner Newsबससँग ठोक्किएर माइक्रो खोलामा खस्दा१३ घाइते

बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा१३ घाइते

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीमा बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्दा १३ जना घाइते भएका छन् ।काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रोलाई सोमबार बिहान सवा ८ बजेतिर ठक्कर दिएको थियो । माइक्रो बस सडकबाट करिब २५ मिटर तल चिसापानी खोलामा खसेको छ ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।खड्काका अनुसार बस चालक नवलपरासीको बर्दघाट नगरपालिका-७ बस्ने २३ वर्षीय अंकित रेग्मीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ ।दुर्घटनापछि पनि बाटोमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments