Tuesday, September 21, 2021
घरBanner Newsमकवानपुरमा गोली चल्यो

मकवानपुरमा गोली चल्यो

काठमाडौं: मकवानपुरमा गोली चलेको छ । प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो ।मनहरी गाउँपालिका-९ रजैयास्थित राप्तीखोला बगरमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर टोलीलाई देखेपछि गाँजा तस्करको समूहले फायरिङ सुरु गरेको बताइएको छ ।

त्यसपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको थियो । तर दुवैतर्फ मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गोली हानाहान भएपछि प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ ।अन्य भागेका छन् । पक्राउ परेका व्यक्ति गाँजा तस्कर नै भएको स्रोतले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments