Tuesday, June 15, 2021
घरBanner Newsमनसुनी रेखा फेरि नेपालमाथि भारी वर्षा को सम्भावना

मनसुनी रेखा फेरि नेपालमाथि भारी वर्षा को सम्भावना

काठमाडौं : मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आइतबार त्यति धेरै नपरे पनि सोमबारबाट भने बढी देखिने छ ।मौसमविद मञ्जु बासीले भनिन्, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ । यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’

यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ । यो रेखा सोमबार नेपाल भित्रिने र मंगलबार भारी वर्षा हुने मौसमविदको भनाइ छ ।‘भोलि केही स्थानमा र पर्सि देशैभर डिस्टर्ब हुन्छ,’ मौसमविद बासीले भनिन् ।भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments