Wednesday, June 16, 2021
घरमनोरञ्जनसाम्राज्ञी र पुष्प खड्का अभिनित फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक

साम्राज्ञी र पुष्प खड्का अभिनित फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक

काठमाडौं : फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको छ । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ मा आवाज मेलिना राईको रहेको छ भने गीतमा अर्जुन पोखरेलको संगीत, बाबु प्रधानको संगीत संयोजन र सुरेश वाग्लेको शब्द रहेको छ ।

गीतमा फिल्मका मुख्य कलाकार साम्राज्ञी आर एल शाह र पुष्प खड्काको परस्पर प्रेमलाई सार्वजनिक गीतमा देखाइएको छ । गीतको कोरियोग्राफी बिक्रम लामा र एन्जिला खत्रीले गरेका छन् । यस अघि फिल्मको अर्को गीत जाम न माया जाम सार्वजनिक भएको थियो ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा पुनम गौतमको निर्माण रहेको फिल्ममा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का , रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ । नवल नेपालको निर्देशन रहेको फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, सौर्य अधिकारीको अभिनय रहेको छ । फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेको छ । फिल्म भदौ १३ गतेबाट प्रदर्शनमा आउने छ ।

 

 

 

 

 

 

 

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments