Wednesday, September 22, 2021
घरBanner Newsबाजुरामा जिप दुर्घटना : २ जनाको मृत्यु, ११ घाइते

बाजुरामा जिप दुर्घटना : २ जनाको मृत्यु, ११ घाइते

काठमाडौं :बाजुराको फिलुचौरबाट कालीकोटको जितेगडा जाँदै गरेको जीप दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते छन् ।क १ ज २१ नम्बरको जीप बाजुराको जगन्नाथ गाउँपालिका–५ स्थित जुवाखोलामा शुक्रबार बिहान ८ः३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा टीकापुर नगरपालिका–४ का २६ वर्षीय रमेश बोगटी र खत्याड गाउँपालिका–६, मुगुका २४ वर्षीय रामबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी उद्धवसिंह भाटले अनलाइनखबरलाई जानकारी दिए ।बोगटी जिपका चालक हुन् ।

चालकसहित १५ जना सवार जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । यीमध्ये ४ जनाको अवस्था गम्भीर छ ।डीएसपी सिंहका अनुसार, गम्भीर घाइतेलाई उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर मगाइएको छ । अन्य घाइतेको भने कोल्टी स्वास्थ्य केन्द्रमा नै उपचार भइरहेको छ ।जीप सडकबाट तल खसेको छ । कमजोर सडक संरचनाका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान भए पनि खुलिनसकेको डीएसपी सिंहले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments