Wednesday, September 22, 2021
घरBanner Newsधनगढी विस्फोटका घाइते मध्ये एकको मृत्यु

धनगढी विस्फोटका घाइते मध्ये एकको मृत्यु

कैलालीको धनगढीमा बिहीबार साँझ भएको विस्फोटमा परी घाइते पाँच जना मध्ये एकको मृत्यु भएको छ । बझाङका राम सिंहको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । विस्फोटमा सिंहसहित पाँच जना घाइते भएका थिए ।धनगढीको शहीद गेट नजिकै रहेको निलम होटलमा बिहीबार साँझ बम विस्फोट भएको थियो । गम्भीर घाइते सिंहको उमाया मेट्रो अस्पतालमा ज्यान गएको प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक पुष्कर पन्तले बताए ।

घाइते होटलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भइरहेको छ ।धनगढीमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ । घटनाको अनुसन्धान भइरहेको कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

जिप्रका कैलालीका प्रवक्ता बस्नेतका अनुसार होटेलमा चिया खान बसेका व्यक्तिले बोकेको बम विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । उक्त बम कसले बोकेको थियो भन्ने स्पष्ट भइसकेको छैन् । उक्त बम टिफिन बक्समा राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

विस्फोटमा परेका दुई जना विप्लव समूहकै भएको पुष्टि भएको छ । घाइते लक्ष्मण सेराला र मृतक राम सिंह दुबैजना विप्लव समूहका कञ्चनपुर जिल्ला सदस्य रहेको समेत खुलेको छ। स्रोतका अनुसार बम पहाडतिर लैजाने तयारी भइरहेको थियो ।

उनीहरु खाना खान उक्त होटलमा छिरेका थिए । दुईजनामध्ये एकजनाले झोला भिरेका थिए । उक्त झोलामा भएको बम प्राविधिक त्रुटीवश पड्किएको जनाइएको छ ।घटनामा विप्लव समूहको संलग्नता रहेको प्रहरीले आशंका गरे पनि नेकपा विप्लव समूहले आफूहरुको संलग्नता नरहेको स्पष्ट पारेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments