Wednesday, June 16, 2021
घरBanner Newsयात्रुबस र बोलेरो जिप एकआपसमा ठोक्किदा एक जनाको मृत्यु,१८ घाइते

यात्रुबस र बोलेरो जिप एकआपसमा ठोक्किदा एक जनाको मृत्यु,१८ घाइते

विराटनगर : पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीमाशनिश्चरे १० मा बस र तरकारी बोकेको भ्यान आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर छ ।कानेपोखरीबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको यात्रु बस र विपरित दिशाबाट आएको मे १ त ५३९१ नम्बरको भ्यान आपसमा जुधेको प्रहरीले जनाएको छ । ३ जनालाई च्यापिएको अवस्थामा उद्धार गरिएको थियो ।

६ जना घाइतेहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा ल्याइएको छ । अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।मृतक र घाइतेहरुको परिचय नखुलेको मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments