Friday, August 12, 2022
घरBanner Newsबुहारीद्वारा सासूको हत्या

बुहारीद्वारा सासूको हत्या

धुलिखेल: काभ्रेको धुलिखेल नगरपालिका-१ देवीटारमा एक वृद्धाको हत्या भएको छ । राति १० बजे घरायसी विवादमा ६३ वर्षीया माइलीमाया तामाङको हत्या भएको हो ।राति १० बजे सुन्तली तामाङले भित्तामा टाउको ठोक्काइदिएर माइलीमायाको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । माइलीमाया र सुन्तली सासू-बुहारी हुन् ।

टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति एक बजे मृत्यु भएको थियो ।प्रहरीले घटनालगत्तै २४ वर्षीया सुन्तली र उनको श्रीमान उनका श्रीमान ३५ वर्षीय धावा तामाङलाई नियन्त्रणमा लिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments