Wednesday, September 22, 2021
घरBanner Newsकोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

विराटनगर : सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ ।ब्यारेज प्रहरी चौकी कार्यालयका प्रमुख ईश्वर दाहालले पानीको बहाव बढेकाले सबै ढोका खोलिएको जानकारी दिए ।

नौ लाख क्यूसेक पानी बहने क्षमता रहेको ब्यारेजमा अहिले दुई लाख ९० हजार क्यूसेक पानी बगिरहेको बताइएको छ । शनिबार पानीको बहाव तीन लाख १८ हजार ६५० क्यूसेक थियो ।एक दशकअघि ब्यारेजभन्दा माथि पश्चिम कुशहामा बाँध फुट्दा नेपाल र भारतमा थुप्रै जनधनको क्षति भएको थियो । त्यसैले कोशी ब्यारेज र बाँधलाई सुरक्षित राख्न प्राविधिकहरुले विशेष सतर्कता अपनाएका छन् ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोसीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले प्राविधिक टोलीसहित नियमित अनुगमन गर्न र सतर्क रहन सूचित गरेको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments