Thursday, September 23, 2021
घरBanner Newsम्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता

म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता

म्याग्दी : पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् ।मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार बेपत्ता बालकको खोजीकार्य भइरहेको र अहिलेसम्म उनीहरुको अवस्था पत्ता लाग्न नसकेको जनाइएको छ । विद्यालयबाट फर्केर पौडी खेल्ने क्रममा नदीले बगाउँदा दुई बालक बेपत्ता भएका बेनपा–३ का वडा सदस्य गेमबहादुर घर्तीले बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments