Sunday, December 5, 2021
घरBanner Newsगृह प्रवक्ताको किर्ते हस्ताक्षर गरी १ अर्ब ठग्न खोज्दा पक्राउ

गृह प्रवक्ताको किर्ते हस्ताक्षर गरी १ अर्ब ठग्न खोज्दा पक्राउ

काठमाडौं : सरकारी छाप, लेटरप्याड र दस्तखत कीर्ते गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-११ सिंहदरबार दक्षिण गेट नजिकबाट काभ्रेको धुलीखेल बस्ने बारा निजगढका ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजनकुमार थापालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको हो ।

उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा लक्ष्मी अधिकारीको बुवाको मृत्यु नेपाल सरकारको कारणले भएको भनी प्रमाणित गरिएको कागजसमेत बरामद भएको छ । उक्त पत्रमा गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुबेदीको कीर्ते हस्ताक्षर छ ।उक्त कागजमा क्षतिपूर्ति स्वरुप ९५ करोड दिने निर्णय भएको र थप ८ करोड ७६ लाख गरी जम्मा १ अर्ब ८ करोड ७६ लाख दिने उल्लेख गरिएको छ ।साथै प्रहरीले १३ थान बैंकको चेक, विभिन्न व्यक्तिहरुको राहदानी तथा नगद ४२ हजार २१० रुपैयाँसमेत बरामद गरेको जानकारी दिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments