Tuesday, September 21, 2021
घरBanner Newsसिरिन्ज आक्रमण गर्ने एक पक्राउ

सिरिन्ज आक्रमण गर्ने एक पक्राउ

काठमाडौं :काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन् । उनलाई नेपाल प्रहरीको काठमाडौं परिसरले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी प्रमुख उत्तम सुवेदीले सिरिन्ज आक्रमणमा संलग्नको आशंकामा १ जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे ।‘काठमाडौं उपत्यकामा भएको श्रृंखलावद्ध सिरिन्ज आक्रमणको घटनामा संलग्नको आशंकामा हामीले १ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं’, सुवेदीले १ जना पक्राउ परेको जानकारी दिए ।

काठमाडौं र भक्तपुरमा केही दिनअघि श्रृंखलावद्ध सिरिन्ज आक्रमण भएको थियो । बनेपामा पनि यस्तै प्रकृतिको घटना भएको छ । तर, यी सबै घटना कसले र किन गरायो भन्ने खुल्न सकेको छैन । घटनामा संलग्नको आशंकामा प्रहरीले १ लाई नियन्त्रणमा लिएसँगै यसको तथ्य सतहमा आउने अपेक्षा गरिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments