Monday, June 21, 2021
घरBanner Newsकोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ ।गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले गएराति सार्वजनिक गरेको हो ।

ईपीएस कोरिया शाखा नेपालले भाषा परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिँदै यसबारे केहीबेरमा विस्तृत जानकारी दिने बताएको छ ।जेठमा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ ।

पछिल्लो समय दक्षिण कोरियाको रोजगारी युवाहरुको आकर्षणका रुपमा रहेको छ । कोरियाले करिब १ दशकदेखि नेपालीलाई आफ्नो देश लैजाँदै आएको छ । यही माध्यमबाट कोरिया पुगेका हजारौं नेपाली अहिले कोरियामा कार्यरत छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments