Monday, June 21, 2021
घरBanner Newsएसईईको नतिजा आज सार्वजनिक हुने

एसईईको नतिजा आज सार्वजनिक हुने

काठमाण्डौ : राष्ट्रिय परीक्षा बोर्डले यसपटकको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा बिहीबार सार्वजनिक गर्ने तयारी गरेको छ ।नतिजा प्रकाशन गर्ने निर्णय गर्न दिउँसो १ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । बैठकले निर्णय गरेपछि नतिजा सर्वाजनिक गरिने उनको भनाइ छ ।

अघिल्लो वर्षको तुलनामा यस पटक केही ढिला नतिजा प्रकाशन हुन लागेको हो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको हो । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments