Tuesday, September 21, 2021
घरBanner Newsअवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं :सडकमाथिबाट खसेको लेदोले बिहीबार बिहान २ः३० बजेदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।लेदोले पुरिएको धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनीबजारदेखि महेशदोभान बजारसम्मको एक किलोमिटर सडकको अवरोध एकतर्फी पन्छाएर  सवारी सञ्चालनमा ल्याइएको हो ।

सडकलाई पूर्ववत सञ्चालनमा ल्याउन अहिले गाउँपालिका र बालुवाखानी व्यवसायीको डोजर प्रयोग गरेर काम भइरहेको प्रहरीले जनाएको छ ।सडक अवरुद्धपछि बिहीबार बिहानैदेखि लाइनमा फसेका सवारीलाई सडक एकतर्फी सञ्चालनमा आएपछि पालैपालो गन्तव्यतर्फ पठाउन थालिएको छ ।

देशकै प्रमुख लाइफलाइन पृथ्वीराजमार्ग अवरुद्धपछि सडकका दुवैतर्फ लामो लाइन लागेको थियो । जुन विस्तारै कम हुँदै गएको छ ।सडकभन्दा माथिबाट बालुवा निकाल्ने गरिएकाले यो क्षेत्रकाे सडकमा लेदोको समस्या देखिँदै आएको छ । त्यस्तै, राजमार्ग माथिबाट खनिएको सडककाे लेदोले पनि समस्या आउने गरेको गुनासो स्थानीयले गरेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments