Monday, June 21, 2021
घरBanner Newsमोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

चितवन :बुधबार साँझ चितवनको भरतपुर महानगरपालिका–१८, भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ ।साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो।

दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नम्बरको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग९प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments