Wednesday, June 16, 2021
घरBanner Newsट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु

असार: जिल्लाको चौरपाटी गाउँपालिका–३, शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको ज्यान गएको छ । ४ जना घाइते छन् ।

से १ त ७८३९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ३ विद्यार्थीको मृत्यु हो ।मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेको प्रहरीले जनाएको छ । मृतक तीनै जना दशपल्ले माविका विद्यार्थी भएको शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए । बोगटीका अनुसार एसईई परीक्षा दिएर पसेका रमेश परीक्षाफलको प्रतीक्षामा थिए भने लक्ष्मी कक्षा ९ र काली कक्षा ८ मा अध्ययनरत थिए ।

दुर्घनामा ४ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ ।दुर्घटनाका ट्रयाक्टर चालकले भने भागेर ज्यान जोगाएका छन् ।प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments