Tuesday, November 30, 2021
घरBanner Newsबसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

रुपन्देहीको सैनामैनामा शनिबार राति बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत सैनामैना–६ कलौनीमा राति १२ बजे महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना७ख ५९४८ नम्बरको बसले लु८प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिए ।

बसले ठक्कर दिएपछि मोटरसाइकलमा आगो लागेको थियो । आगोले जलेका कारण मृतकको पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ ।शव पोस्ममार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments