Tuesday, July 27, 2021
घरBanner Newsधादिङमा जीप दुर्घटना, ४ जनाको मृत्यु १० जना घाइते

धादिङमा जीप दुर्घटना, ४ जनाको मृत्यु १० जना घाइते

काठमाडौं :धादिङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमा नै ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटनामा परेको हो ।दुर्घटनामा घाइते भएका १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई भने काठमाडौं पठाइएको उनले जानकारी दिए । मृतक र घाइतेको सनाखत भइसकेको छैन ।कच्ची सडकको साँघुरो घुम्तीमा चालकले जीप नियन्त्रणमा लिन नसक्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments