Tuesday, November 30, 2021
घरBanner Newsकांग्रेसको नाराबाजीपछि संसद बैठक स्थगित

कांग्रेसको नाराबाजीपछि संसद बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित भएको छ । बैठक भोलि ११ बजेसम्मका लागि स्थगित भएको छ । कांग्रेसको विरोधका कारण प्रधानमन्त्रीले गर्ने भनिएको विशेष सम्बोधन रोकिएको छ ।

सभामुखले बैठकको सुरुमै प्रधानमन्त्रीलाई सम्बोधनका लागि बोलाएलगत्तै कांग्रेस सांसदले विरोध जनाए । उनीहरुले रोष्ट्रममा पुगेर नाराबाजी गरेका थिए ।यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा आफ्नो दलका नेताले पहिला बोल्न पाउनुपर्ने अडान राखेको थियो । प्रतिपक्षी कांग्रेसले आफ्नो दलका नेताले सुरुमै बोल्न पाउनुपर्ने माग राखेपछि संसद बैठक ढिला गरी सुरु भएको थियो ।प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणबारे संसदलाई जानकारी दिने कार्यक्रम थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments