Tuesday, June 15, 2021
घरBanner Newsबसबाट हाम फाल्दा युवतीको मृत्यु, दुई पुरूष मृत भेटिए

बसबाट हाम फाल्दा युवतीको मृत्यु, दुई पुरूष मृत भेटिए

चितवनमा बसको ढोकाबाट हाम फाल्दा एकको मृत्यु भएको छ । आइतबार नारायणगढबाट भण्डारातर्फ जाँदै गरेको लु१ख ६९९१ नम्बरको बसमा सवार रत्ननगर नगरपालिका–९ बस्ने ३७ वर्षीया बालिका आचार्यले भरतपुरको चौबीसकोठीमा बसको ढोकाबाट हाम फालेकी हुन् ।

उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुई पुरुष मृत फेला

चितवनका छुट्टाछुट्टै स्थानमा आइतबार दुई पुरुष मृत फेला परेका छन् । भरतपुर महानगरपालिका–१५ फूलबारीमा ८० वर्षीय रामप्रसाद तिवारी मृत फेला परेका हुन् । भरतपुर–३ बेलचोक घर भई मागेर खाँदै हिँड्ने तिवारीको अपराह्न ५ः३५ बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

यस्तै, आइतबार अपराह्न कालिका नगरपालिका–८ न्युरेनीमा अन्दाजी ३०–३२ वर्षीय दुर्गाबहादुर चेपाङ मृत फेला परेका छन् । उनी सडक छेउमा मृत फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । चेपाङको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments