जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–४ कोट दरबारनजिक केन्द्र बनाएर भूकम्प गएको छ । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका भूकम्पविद् दीपक बस्नेतले बताए ।
उनका अनुसार १२ वैशाख २०७२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्प पछि गएका परकम्पनभन्दा यो फरक हो ।
यसै वर्षको सुरुवातदेखि बझाङलाई केन्द्रबिन्दु बनाएर तीनपटक भूकम्पक गएको भूकम्प मापन केन्द्रको तथ्यांकमा उल्लेख छ ।नेपालमै भूकम्पको उच्च जोखिममा रहेकाे बझाङमा गत वर्ष पनि पटक–पटक गरी २७ पटक परकम्पन महसुस भएको थियो ।भूकम्पले जिल्लामा कुनै क्षति नगरेको प्रहरीले जनाएको छ । छिमेकी जिल्लामा समेत भूकम्पको धक्काको महसुस गरिएको छ ।