Thursday, June 17, 2021
घरBanner Newsधादिङको ज्यामरुङमा भोज खाँदा ३० जना बिरामी, १९ जनाको अवस्था गम्भिर

धादिङको ज्यामरुङमा भोज खाँदा ३० जना बिरामी, १९ जनाको अवस्था गम्भिर

धादिङ: धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ११, ज्यामरुङ सिम्लेमा पास्नीको भोज खाएका ३० जना बिरामी परेका छन् । बुधबार दिउँसो सिम्लेका रेशम आलेको छोराको पास्नी भोज खाएकाहरु रातिदेखि नै बिरामी हुन थालेको स्थानीयले बताए । विरामीको प्राथमिक उपचारमा संलग्न भएका स्वास्थ्यकर्मी सुजन घलेका अनुसार बिरामीहरुमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ ।

भोज खाएर बिरामी भएका ३० जनामध्ये १९ जनलाई बिहिवार सांझ जिल्ला अस्पताल ल्याईएको छ । घलेका अनुसार  सोही भोज खाएका सुकौरा र भार्मले गाउँका अरु २० जनापनि बिरामी परेको खबर आएको छ । भोजमा खाएको के खानेकुरामा समस्या आएको हो भन्ने यकिन हुन नसकेको स्वास्थ्यकर्मीहरुले वताएका छन ।

विरामी परेकाहरुको बुधवार राती देखिनै स्थानीय मेडिकल, स्वास्थ्य केन्द्रमा उपचार शुरु गरिएको थियो । विहिवार दिउँसो सम्म पनि विरामी निको नभएपछि गाउँलेहरुले उपचारका लागि जिल्ला अस्पताल ल्याएका हुन । अस्पताल ल्याएका सबै विरामीको उपचार शुरु भएको छ । हामी अहिले उपचारमा संलग्न छौं । एकै पटक धेरै जना एउटै लक्षणबाट विरामी हुनुमा फुड प्वाईजन भएको हुन सक्ने अनुमान गरिएको भएपनि पुष्टि भने नभएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी एवम चिकित्सक कृष्णलाल उप्रेतीले जानकारी दिए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments