Tuesday, June 15, 2021
घरBanner Newsरेडियो पर्वतमा आगलागी, प्रसारण बन्द

रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द

पर्वत :जिल्लाकाे सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गएराति आगालागी भएको छ ।राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा रेडियोको ट्रान्समिटर, सात कम्प्युटर, २ मिक्सचर हाइब्रिड टेलिभिजनलगायतका सामग्री पूर्णरूपमा नष्ट भएको रेडियोका स्टेशन म्यानेजर शङ्कर शर्माले जानकारी दिए ।

आगलागी भएसँगै बिहानदेखि रेडियोको प्रसारणसमेत बन्द भएको छ । कुनै पनि सामान काम नलाग्ने भएकाले बन्द गर्नुको विकल्प नभएको शर्माले बताए । उनका अनुसार आगलागी भएपछि स्थानीयवासी र प्रहरीको सक्रियतामा राति २ बजे आगो नियन्त्रणमा लिइएको थियो ।विद्युत् जडान गरिएको स्वीचमा समस्या आएका कारण पूर्णरूपमा क्षति पुगेको हो । आगलागीबाट रेडियो सञ्चालित घरका तीन कोठामा समेत क्षति पुगेको छ । झण्डै रु ३० लाखभन्दा बढीको क्षति भए पनि यकिन विवरण भने आइनसकेको शर्माले जानकारी दिए ।

तत्काल थाहा पाएका कारण कुनै मानवीय क्षति हुन भने नपाएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।२०६४ देखि ग्रामीण क्षेत्र फलेवासबाट प्रसारण हुँदै आएको रेडियो पर्वत यस क्षेत्रको पहिलो सामुदायिक रेडियो हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments