Tuesday, July 27, 2021
घरBanner Newsचट्याङ लागेर बालिकाको मृत्यु

चट्याङ लागेर बालिकाको मृत्यु

डडेल्धुरा :चट्याङ लागेर डडेल्धुरामा एक बालिकाको मृत्यु भएको छ । परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया संगीता भाटको चट्याङ लागेर ज्यान गएको हो ।

बुधबार बिहान घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते संगीतालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।संगीता भागेश्वर मावि, शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

चट्याङ लागेर सोही स्थानका अन्य तीनजना घाइते भएका छन् । ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट घाइते भएका हुन् । मीना संगीताकी दिदी हुन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments