Tuesday, July 27, 2021
घरBanner Newsदुईवटा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

दुईवटा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

विराटनगर : दुईवटा पेस्तोल ८ राउण्ड गोलीसहित प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।सोमबार राति विराटनगर- ९ को एक होटलबाट भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया-७ घर भएका २० वर्षीय कुनाल कुमारलाई पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा अटोमेटिक पेस्तोल थान-१, सो पेस्तोलको म्याग्जिन थान-१ र म्याग्जिनमा लोड भएको ४ राउण्ड बरामद भएको प्रहरीले जानकारी दिएको छ ।उनकै साथबाट कटुवा पेस्तोल थान-१, पेस्तोलमा लोड भएको गोली १ राउण्ड र उनको पाइन्टको गोजीमा ३ राउण्ड गोली भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।उनका अनुसार हतियारसहित पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान गरिरहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments