Thursday, June 17, 2021
घरBanner Newsआफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक मन्त्रालयका उपसचिव पक्राउ

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक मन्त्रालयका उपसचिव पक्राउ

काठमाडौं :ललितपुर प्रहरीले आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिवलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यादव थरका एक उपसचिव रहेका छन् ।

ललितपुरको धोवीघाटबाट उनलाई पक्राउ गरीएको हो । यादवले छोरीलाई पटक-पटक जबरजस्ती यौन सम्बन्ध राखेको खुलेको एक प्रहरी अधिकारीले बताए । उनलाई सोमबार पक्राउ गरिएको हो । छोरी कक्षा १२ मा अध्ययनरत छिन् । जेठ १९ गते आमाछोरीले नै घटना बाहिर ल्याएका थिए । उपसचिव यादवलाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको ललितपुर परिसरका प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments