भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्ताबापत १ अर्ब ६० करोड रुपैयाँ दिएको छ ।सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थमन्त्री डा. युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले भूकम्पपछिको पुनर्निर्माणका लागि १ अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
भारतले नेपालको पुनर्निर्माणका लागि पहिलो किस्तावापत यसअघि २ अर्ब १० करोड रुपैयाँ दिइसकेको छ ।सहयोग हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतका राजदूत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको बताए । उनले नेपालको विकास निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि बताए
२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलो धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए ।