बुटवल:कपिलवस्तुमा श्रीमानको इँटा प्रहारबाट श्रीमतीको ज्यान गएको छ ।जिल्लाको बाणगंगा नगरपालिका–१, बुँचीका अगमन चौधरीले इँटा प्रहार गरेर श्रीमती गीताको ज्यान लिएका हुन् ।
श्रीमानले टाउको र छातीमा प्रहार गरेको इँटा लागेर गम्भीर घाइते गीताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा आइतबार साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डीएसपी देवेन्द्र पाण्डेले जानकारी दिए ।डीएसपी पाण्डेका अनुसार, चौधरीले मदिरा सेवन गरेर श्रीमतीमाथि इँटा प्रहार गरेको खुलेको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय, पिपराले अगमनलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको डीएसपी पाण्डेले बताए ।