Tuesday, June 15, 2021
घरBanner Newsग्यास लिक भएर आगलागी, ७ जना घाइते

ग्यास लिक भएर आगलागी, ७ जना घाइते

सिमरा :बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४, डुमरवानास्थित स्याउली बजारमा आगलागी हुँदा एकै परिवारका चारसहित सात जना घाइते भएका छन् ।स्थानीय सुकुमाया ब्लोनको घरमा सिलिण्डर ग्यास लिक भएर लागेको आगोमा परी ७ जना घाइते भएका हुन् ।घाइतेमध्ये १ को अस्था गम्भीर छ । उनीहरु सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भइरहेको छ ।

आगलागीमा परी ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनीता थिङ गरी एकै परिवारका चारजना घाइते भएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।त्यसैगरी, स्थानीय ५२ वर्षीया दीलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया पनि घाइते भएका छन् । घाइतेमध्ये स्थानीय दीलमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।शुक्रबार बिहान करिब सात बजे ग्यास लिक भएर सल्किएको आगो फैलिएको नजरमानका छोरा सिल बहादुर थिङले जानकारी दिए । आगलागीपछि उद्धारका लागि पुगेकाहरुलाई पनि आगोले पोलेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments