Monday, June 14, 2021
घरBanner Newsभूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्री पक्राउ

भूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिषी’ अर्जुन क्षेत्री पक्राउ

काठमाडौं : आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै विपदसम्बन्धी अफवाह फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । उनीमाथि विपदसम्बन्धी अफवाह फैलाएको अभियोगमा अनुसन्धान सुरु गरिएको परिसरका प्रवक्ता होविन्द्र वोगटीले जानकारी दिए ।क्षेत्रीले विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै भूकम्पसम्बन्धी अफवाह फैलाएको प्रहरीले बताएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments