Sunday, September 26, 2021
घरBanner Newsरसुवामा टाटा सुमो दुर्घटना, ३ को मृत्यु, ३ बेपत्ता

रसुवामा टाटा सुमो दुर्घटना, ३ को मृत्यु, ३ बेपत्ता

काठमाडौं : रसुवामा सोमबार साँझ टाटा सुमो दुर्घटनामा परि मृत्यु हुने तीन जनाको पहिचान खुलेको छ ।ज्यान गुमाउनेमा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–४ गोल्जुङका ३२ वर्षीय नोर्बु तामाङ, ३२ वर्षकै साहिली घले र ३५ वर्षीय मेन्दु घले रहेका छन् । दुर्घटनामा परि यही ठाउँका ३२ वर्षीय सवारी चालक निमा तामाङ र ३५ वर्षकी जौरानी घले, ५ वर्षीय फुर्बु याङजेन तामाङ, २९ वर्षीय योङ जुङ तामाङ र ३ वर्षीय निम छेवाङ तामाङ घाइते भएका छन् ।

घाइतेलाई त्रिशूली अस्पताल उपचारपछि थप उपचारका लागि काठमाण्डौ रिफर गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी दुर्घटनामा परेर ४८ वर्षीय पासाङदे घले, १९ वर्षकी महिला कामी याङ्जेन तामाङ र २० वर्षकी ल्तेतङ घले बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताउनुभयो ।पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो मैलुङ–स्याफ्रु सडक खण्ड अन्तर्गत गुम्चेतमा दुर्घटना भएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments