Wednesday, September 22, 2021
घरBanner Newsविप्लव पनि एकदिन नेकपामै आउनुपर्छ : प्रचण्ड

विप्लव पनि एकदिन नेकपामै आउनुपर्छ : प्रचण्ड

काठमाडौं : सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक दिन नेत्रविक्रम चन्द (विप्लव)पनि नेकपामा आउने दाबी गरेका छन् ।विप्लव समूहले लिएको बाटोबाट गन्तव्यमा नपुगिने उनको दाबी छ ।

विप्लव समूहका नेता पदम राईलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले भने, ‘एक दिन विप्लव पनि यही ठाउँमा आएर जोडिनुपर्छ । अहिले जुन बाटो हिँडिएको छ, यो गन्तव्यमा पुग्ने बाटो होइन । यसले राष्ट्र र जनतालाई क्षति मात्र गर्छ ।’उनले अरु कम्युनिस्ट घटकहरुलाई पनि एकतामा आउन आहृवान गरे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments