Wednesday, October 27, 2021
घरBanner Newsआगलागी हुँदा ५ घर जलेर नष्ट

आगलागी हुँदा ५ घर जलेर नष्ट

सप्तरी: जिल्लाको बोदेबरसाइन नगरपालिका–३, स्थित गौराटोलमा शनिबार राति आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।राशिन्द्र यादवको घरमा विद्युत् सर्ट भएर फैलिएको आगोले यादवको एक घरसहित काशिन्द्र यादव, जयनारायण यादव, जागेश्वर यादव र ध्रुवकुमार यादवको एक–एक घर जलेर पूर्ण रूपमा नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगलागीमा परी अन्नपात, लत्ताकपडा, भाँडावर्तन, पम्पिङ सेट, पक्षीसहित सरसामान जलेर नष्ट हुँदा करीब रु सात लाख बराबरको क्षति भएको पीडितहरुले जनाएका छन् ।नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको वारूणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments