Tuesday, May 17, 2022
घरBanner Newsअवैध भीओआईपी कल बाइपासमा संलग्न एक व्यक्ति पक्राउ

अवैध भीओआईपी कल बाइपासमा संलग्न एक व्यक्ति पक्राउ

काठमाडौं : प्रहरीले रुपन्देहीको सिद्धार्थ नगरपालिका–३, काटा गाउँबाट अवैध कल बाइपासमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय मैनुद्धिन धुनियाको घरमा डेरा गरेर बस्ने भारतको महराजगञ्ज थाना नौतवना ग्रामका २६ वर्षीय खुर्सेद अन्सारी छन् ।

उनले अवैध भीओआईपी प्रयोग गरेर कल बाइपास गरेको खुलेको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दिपक रेग्मी बताउँछन् । विशेष सुचनाको आधारमा ब्युरोको टोलीले खुर्सेदको कोठामा छापा मारेर कल बाइपासमा प्रयोग हुने सामग्री पनि बरामद गरेको छ ।रेग्मीका अनुसार पक्राउ परेका अन्सारीमाथि दूरसंचार ऐन, २०५३ अन्तरगत जिल्ला अदालत, रुपन्देहीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments