काठमाडौं: डोटीमा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ ।डोटीको जोरायल गाउँपालिका –३ मा आगलागीमा परेर सुनिखोला बस्ने आन्दाजी ३५र३६ वर्षकी दुर्गादेवी साहुँको मृत्यस भएको हो ।आगोमा परेर घाइते भएकी साहुँलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार उनी गाउँ नजिकैको जंगलमा लागेको आगो निभाउन जाँदा उनी आगोमा परेकी थिइन् । डोटीमा गएको एक महिनादेखि जंगलमा भिषण आगलागी भएइरहेको छ । आगलागी नियन्त्रणका लागि प्रयास भैरहेपनि आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको त्यहाँका स्थानीयले बताएका छन् ।आगलागीका कारण त्यहाँका विभिन्न सामुदायिक तथा अन्य वन गरी करिब ७ सय ८० हेक्टर बन सखाप भएको डिभिजन वन कार्यालय डोटीले जनाएको छ ।