Saturday, January 22, 2022
घरBanner Newsअबको ३ दिनसम्म साँझपख मेघगर्जनसहित पानी पर्ने, सचेत रहन मोसमविद्को आग्रह

अबको ३ दिनसम्म साँझपख मेघगर्जनसहित पानी पर्ने, सचेत रहन मोसमविद्को आग्रह

काठमाडौं :अबको तिन दिन सम्म साँझपख मेघगर्जनसहि पानी पर्ने भएको छ ।केही दिनयता लगाकतार उपत्यका सहित देशका विभिन्न भामा गर्मी बढेको थियो । जसले तराई तथा काठमाडौंको जनजीवन निकै प्रभावित भइरहेको थियो । तर, बुधबार भएके वर्षाले भने राहतको महसुस हुन थालेको छ । यो क्रम अझ केही दिन जारी रहने अनुमान मौसम्विदले गरेका छन् ।

बिहीबार स्थानीय वायुको प्रभावका कारण बेलुका फेरि बदली भई मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।देशका पूर्वी भु(भागमा आंशिक देखि सामान्य बदली हुने, मध्य भुभाग लगायत पश्चिमी पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।देशका पूर्वी भुभागका केहि स्थानहरुमा र मध्य तथा पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

राति देशका पूर्वी भुभाग लगायत मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भु-भागका केहि स्थानहरुका साथै मध्य तथा पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ ।शुक्रबार दिउँसो देशका पूर्वी तथा मध्य भागहरुमा आंशिकदेखि सामान्य बदली हुने, पश्चिमि पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

देशका पूर्वी तथा मध्य भुभागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।राति देशका पूर्वी भुभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमाहरुमा आंशिकदेखि सामान्य बदली हसने, मध्य तराईका भुभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी भाग लगायत मध्य र पश्चिमि पहाडी भागका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।शनिबार दिउँसो देशका पूर्वी तथा मध्य भूभागहरुमा सामान्य बदली रही बाँकि भूभागहरुमा आंशिक बदली रहने रहनेछ । पूर्वी तथा मध्य भुभागका केहि र पश्चिमी पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

राति देशका पूर्वी भुभाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागमाहरुमा आंशिकदेखि सामान्य बदली, बाँकी भूभागमा आंशिक वदली रहने छ ।देशका पूर्वी भाग लगायत मध्य र पश्चिमी पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागले जारी गरेको ३ दिनको बुलेटिनमा उल्लेख गरिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments