Wednesday, October 27, 2021
घरBanner Newsललितपुरको भैंसेपाटीस्थित केमिकल गोदाममा आगलागी

ललितपुरको भैंसेपाटीस्थित केमिकल गोदाममा आगलागी

काठमाडौं : ललितपुरको भैंसेपाटीस्थित केमिकल गोदाममा बिहीबार बिहान आगलागी भएको छ ।महानगरपालिका–१८ स्थित भैंसेपाटीमा किरणप्रसाद श्रेष्ठको सोडिय हाइड्रो सल्फिट गोदाममा बिहीबार बिहान ३ बजे आगलागी भएको हो ।बिहानै लागेको आगो ६ घण्टापछि बिहान नौ बजे नियन्त्रणमा आएको छ । ललितपुर महानगरपालिका, काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाको ४ दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको ललितपुर प्रहरीले जनाएको छ ।

आगलागीबाट गोदामका सामान जलेर नष्ट भएको ललितपुर प्रहरीले जनाएको छ । यद्यपि, आगलागीबाट कति क्षति भयो यकिन विवरण भने प्राप्त भइसकेको छैन ।आगलागीको कारण प्रष्ट कारण खुलिसकेको छैन । तर, प्रहरीले विद्युत सर्ट भएर आगो सल्केको हुनसक्ने अनुमान गरेको छ ।यसअघि पनि भैंसेपाटीको यती कार्पेट उद्योगमा आगलागी भएको थियो ।भएको थियो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments