Sunday, September 26, 2021
घरBanner Newsलागुऔषध खैरो हिरोइनसहित तीन पक्राउ

लागुऔषध खैरो हिरोइनसहित तीन पक्राउ

चितवन :पूर्वी चितवनको रत्ननगरमा लागुऔषध खैरो हिरोइन सेवन गरेकै अवस्थामा तीन पक्राउ परेका छन् ।बुधबार राति रत्ननगर नगरपालिका–७ स्थित बाघमारबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले जानकारी दिए ।

कार्यालयबाट खटिएको टोलीले दुई दशमलव ७४ ग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक आर्चायले बताए ।पक्राउ पर्नेमा रत्ननगर–४ का रमेश पाण्डे, रत्ननगर–७ का रामु परियार र रत्ननगर–१ का नारायण श्रेष्ठ रहेका छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments