वीरगञ्ज :वीरगञ्जमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । बीरगञ्जको बाइपास रोडमा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर बिश्रामपुर गाउँपालिका इटियाही बस्ने ५० वर्षका दशरथ पण्डित र बाराकै परवानिपुर गाउँपालिका–४ बस्ने ५० बर्षका जवाहिर रामको मृत्यु भएको हो । जग खन्दै गर्दा खसेको ढिस्कोमा तीन जना पुरिएका थिए । उनीहरुलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि दुई जनाको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले जानकारी दिए ।
वीरगञ्जमा ढिस्कोले पुरेर २जानको मृत्यु
RELATED ARTICLES