Sunday, September 26, 2021
घरBanner Newsउपराष्ट्रपति पुन अष्ट्रियाको भियना प्रस्थान

उपराष्ट्रपति पुन अष्ट्रियाको भियना प्रस्थान

काठमाडौं :उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । जेठ १४ गते राजधानी भियनामा सुरु हुने आर-२० अष्ट्रियन विश्व सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।उपराष्ट्रपति पुन बिहान ९:२० बजेको उडानबाट कतार एयरवेजको उडानबाट भियनातर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । उपराष्ट्रपति पुनको भ्रमण टोलीमा उनकी श्रीमती हस्तमाली पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायत छन् ।

उपराष्ट्रपतिले १३ जेठमा बहुपक्षीय कुटनीतिक फोरम भियना अन्तर्राष्ट्रिय सेन्टरको ४० औं वार्षिक उत्सव कार्यक्रममा सहभागिता जनाउनेछन् । जेठ १४ गते उनले आर-२० अष्ट्रियन विश्व सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ ।त्यसपछि उनी अष्ट्रियाका संघीय राष्ट्रपतिले दिने दिवाभोजमा सहभागी हुनेछन् । त्यस्तै आर-२० सम्मेलनको समूहगत छलफलमा पनि सहभागी हुनेछन् । अष्ट्रिया भ्रमणका क्रममा उपराष्ट्रपति पुन जेठ १५ गते अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा पनि सरिक हुनेछन् ।उपराष्ट्रपति पुन जेठ १६ गते स्वदेश फर्किने कार्यक्रम छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments