Sunday, June 13, 2021
घरBanner Newsसिहरामा दुर्घटना, २ जनाको मृत्यु २५ घाइते

सिहरामा दुर्घटना, २ जनाको मृत्यु २५ घाइते

लहान : सिरहाको मिर्चैया नजिक मेनरोड सडकखण्डमा गएराति बस र ट्रक आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको छ । २५ जना घाइते छन् ।गएराति करीब १०ः२५ बजे पूर्वबाट पश्चिम काठमाडौं हिँडेको ना८ख ९८२ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ गइरहेको ना३ख ४२६४ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिरहाले दिएको जानकारी अनुसार, बसमा सवार २५ यात्रु घाइते छन् ।घाइतेको जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मृतक दुवैको सनाखत नभएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments