Wednesday, October 27, 2021
घरBanner Newsमिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन, प्रोसेसमा जान्छ

मिडिया काउन्सिल विधेयक फिर्ता हुँदैन, प्रोसेसमा जान्छ

काठमाडौं : सरकारले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता नहुने बताएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयक आफ्नो प्रक्रियामा अघि बढ्ने बताएका हुन् ।‘व्यवसायिक शुद्धता, सुरक्षा, मर्यादा र अभिव्यक्ति वा लेखन स्वतन्त्रतालाई सुनिश्चित गर्ने हिसाबले आउने कुनै पनि सकारात्मक कुरालाई हमेसा स्वागत गर्छौं, भनेकै छौं, तर फिर्ता गर्ने कुरा हुँदैन, त्यसको आफ्नै प्रोसेसमा अगाडि बढ्छ’ उनले भने ।

तर सरोकारवालाले राखेको सुझाव भने विधेयकमा समेट्ने मन्त्री बास्कोटाले बताए । विधेयकमा चित्त नबुझेको कुरामा छलफल गर्न सकिने भन्दै उनले संसद नै सबैभन्दा ठूलो छलफलको ठाउँ भएको बताए ।संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको भन्दै उनले संविधानले बर्खिलाप गरेको कुरा विधेयकमा नआउने स्पष्ट पारे ।

मन्त्री बास्कोटाले सरकार प्रेस स्वतन्त्रताको विपक्षमा नरहेको पनि बताए ।प्रेसलाई सरकारको भजन गाऊ नभनेको भन्दै मन्त्री बास्कोटाले प्रेस जनता, नागरिक र पाठकप्रति नै उत्तरदायी हुनुपर्ने बताए । ‘सरकारको आलोचना गर्नुस्, तर मिसन नचाउनुस्, सहीलाई सही गलतलाई गलत भन्नुस्’ उनले भने ।प्रेसलाई सरकारको भजन गाऊ नभनेको भन्दै मन्त्री बास्कोटाले प्रेस जनता, नागरिक र पाठकप्रति नै उत्तरदायी हुनुपर्ने बताए । ‘सरकारको आलोचना गर्नुस्, तर मिसन नचाउनुस्, सहीलाई सही गलतलाई गलत भन्नुस्’ उनले भने ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments