काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि राज्य नियन्त्रित प्रेस बनाउन खोजेको आरोप लगाएको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक स्वीकार्य नभएको भन्दै उसले सदनमा प्रवेश नै नगराउन माग गरेको छ ।
संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको मूल्य मान्यताविपरित विधेयक आएको बताइन् ।गलत नियतका साथ विधेयक आएको भन्दै उनले भनिन्, ‘सरकारलाई शक्तिको भोक जागेको छ, राज्य नियन्त्रित प्रेस बनाउन खोजेको छ ।’